cancel
फागुन २६- 'जापानमा रोजगारको अवसर' भन्दै सिद्धार्थ बुद्ध ओभरसिजले एक साताअघि विज्ञापन छाप्यो। चार सयभन्दा बढी आवेदन परे। तर, अहिलेसम्म सरकारले तोकेको योग्यताअनुसारका व्यक्ति फेला परेका छैनन्।कम्पनीले बेकरीमा तीनजना र कृषि क्षेत्रमा काम गर्ने दुईजना प्रशिक्षार्थी कामदारको माग ल्याएको हो।'हामीले दुईवटा क्षेत्रका लागि पाँचजना कामदार खोजेका थियौं,' कम्पनीका प्रबन्ध निर्देशक देवीलाल विश्वकर्माले भने, 'अहिलेसम्म काम लाग्ने मान्छे भेटिएका छैनन्।'श्रम मन्त्रालयले जापानमा प्रशिक्षार्थी कामदार पठाउन तयार पारेको निर्देशिकाअनुसार त्यहाँ जान चाहनेले जापानी भाषा र संस्कृति राम्र बुझेको हुनुपर्छ। त्यस्तै, कुनै पनि उद्योग प्रतिष्ठानमा दुई वर्षदेखि काम गरिरहेको हुनुपर्ने र सरकार वा व्यावसायिक संस्थाबाट त्यसलाई प्रमाणित गराएको हुनुपर्ने व्यवस्था छ।विश्वकर्माका अनुसार अहिलेसम्म परेका आवेदनमा एकजनाले मात्र अलिअलि भाषा बुझेको भेटिएको छ। 'निर्देशिकाले भनेजस्तो औद्योगिक क्षेत्रमा प्रशिक्षार्थीको काम गर्ने योग्य मान्छे पाउन मुस्किल रहेछ,' उनले भने, 'हामीले प्रशिक्षार्थी कामदारलाई चाहिने योग्यता र सीपबारे पहिल्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com