cancel
जेठ १४ नयाँ संविधान बनाइसक्नुपर्ने मिति तर अहिले सम्म को स्थिति हेर्दा संविधान भनेकै समय मा बन्छ भन्न मुस्किल छ ! ती ६०१ सभासद को काम बेलैमा संविधान बनाएर नेपाली जनतालाई दिनु हो । तर ती ६०१ सभासद २४-२५ दिशातर्फ फर्किएकाछन्, एउटा ले एकथरि भन्छ, अर्कोथरि ले अर्कै कार्यान्वायन गर्छ, अर्कोथरि विरोध जनाउँछ, अर्काथरि ले आन्दोलन गर्छ, अनि संविधानसभा को काम सबै ठप्प । कोही उद्घाटन मा व्यस्त त कोही भ्रमण गर्दैमा मस्त, संविधान बनाउने काम संवैधानिक समितिलाई, अरु को केही कामै छैन । अझ त्यति ले नपुगेर उच्चस्तरिय संयन्त्र, सबै भत्ता पकाउने विकल्पहरु ! काम केही भएको छैन, तर सभासदहरु तलब भने बुझिरहेकाछन् । संविधानसभा भवन छिरेको भएपनि तलब लिन सुहाउँथ्यो, हाजिरै नगरी पुरै तलब बुझ्छन् हाम्रा सभासद अनि नेताहरु । तर यही भिड मै माओवादी एकिकृत का वरिष्ठ नेता डा. बाबुराम भट्टराई भने अलग देखिए, उनले घोषणा गरे, गयल भएको दिन को तलब बुझ्दिन । पत्रिका ले समाचार लेख्यो ‘वर्ष दिन गयल भए पनि पूरै तलब बुझे सभासदहरुले’ अनि त्यसैकुरा को प्रतिक्रिया स्वरुप डा. भट्टराई ले घोषणा गरे, गयल दिन को पारिश्रमिक फिर्ता
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com