cancel
एउटा याम। जुन याममा अंग्रेजीको नजानिदो तिर्खा बोकेर राजधानी छिरेको थिएँ। तर राजधानी त्यस्तो थिएन जस्तो सपना उनेर आएको थिएँ। राजधानी सपनाको ठीs उल्टो थियो। केन्द्रीय अंग्रेजी विभाग जलेको थियो। विद्यार्थी निराश थिए। तर निराशा जलेका कारणले होइन। मजस्ता सरकारी स्कुले 'तेस्रो डिभिजन मात्र हुन्छ। हाम्रो तागतले भ्याउँदैन। यहाँका शिक्षक घिउ र चिनजानमा नम्बर दिन्छन्। त्यसैले जिन्दगी भड्खालोमा जाँक्किन्छ' भनेर मजस्ता सरकारी विद्यार्थी निराश थिए। निराशा थप्ने अर्को कारण पनि थियो 'जागिरको चर्को अभाव र जनयुद्धको नाउँमा विद्यार्थीलाई सेना पुलिसले ओरालो लागेको मृगलाई झैं खेद्ने प्रवृत्ति।' खासगरी रोल्पाली रुकुमेलीका लागि राजधानी दिनानुदिन बिरानो हुँदैथियो। रोल्पाली भएकाले पनि हामी जगजगीको बतासमा घरी यता बतासिन्थ्यौं घरी उता। हाम्रा लागि रोल्पा घर हुनु नै अभिसाप थियो। रोल्पालीका डेरा चहार्दै अनचिनारु हाम्रा पछि लाग्थे। कात्तिके कुकुरजस्तै पछि लाग्ने को रहेछन्? पछि थाहा भयो, ती रहेछन् सुलसुले। अँ त्यसबेला बसाइँ थियो पाँगामा। साथमा थिए सुवर्ण। लिबाङ र घोराहीमा पढ्ने बेलामा उनका दाजु गोविन्द चन्द म
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com