cancel
केहि दिन पहिला ब्यवसायी पम्पाटीमाथि खुल्लमखुल्ला गोली-प्रहार गरेर अपराधीहरु भागे। त्यसको दुई-तीन दिनसम्म पत्रिकामा फोटाहरु देखिए, प्रहरीहरु उपत्यका भरिका काला पल्सर मोटरसाईकल र तिनका धनीको खानतलासी गर्दै थिए। कारणचाहिँ के भने, पम्पाटीलाई गोली हान्नेहरु कालो पल्सरमा चढेर आएका थिए रे! यस्तो लाजलाग्दो दृश्य देखेपछि हाम्रो राज्ययन्त्रको सोच्ने क्षमता र तार्किक स्तरमाथि दया लाग्छ जो कोहिलाई पनि। भोलि कुनै हत्या/घटनामा संलग्नले "ढाका टोपी लगाएको थियो---" भन्ने हल्ला चल्यो भने ढाका टोपी लगाउनेजति सबैलाई समात्ने???? सामान्य मात्रै सोच्ने क्षमता भएको जो कोहिले जान्ने कुरा के हो भने कालो पल्सर चढेर आएका अपराधीहरु, अरुनै केहि चढेर भागिसके, पुलिसले कालो पल्सर चढ्ने जनतालाई त्यसको पर्सिपल्टसम्म दु:ख दिईरहनुको कुनै तुक छैन। फेरि त्यहि मोटरसाईकल लिएर बजार कोहि किन निक्लेला?? अपराधीहरु त्यति 'सोझा' छन् र? बरु अपराधीहरु प्रहरीकै भ्यान चढेर 'ससम्मान' भागेका पनि हुनसक्छन, घटनाक्रमले प्रहरीको तलदेखि माथिसम्म आपराधिक गिरोहको पकड यथेष्ट भएको देखाईरहेकै छन्। देशमा हत्या-हिँसाको श्रृंखलाले झ
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com