cancel
रहर नलाग्दो हो त हुँदो मान्छे कस्तो? यसो सम्झेर कहिलेकाहीँ बक्क पर्छु। कहिलेकाहीँ यस्ता बकम्फुसे कुराले घरी घरी बल्झाउँछन् कसरी? थाहा छैन। रहरले भेष बदल्दै सताउँदोरहेछ। पखेटा हाल्दै कहाँ हो कहाँ उड्दोरहेछ। रहरको गन्तव्य कहाँ हो? थाहा नहुँदोरहेछ। थाहा हुँदो हो त मान्छेको जात किन रहरको पछिपछि लागेर एक छांगे भीरमा ठहरै हुँदो हो र है? अँ, रहरले हाँगािबंगा हाल्दै लहरिदोरहेछ। र, लहरिदैजाँदा रहर र रहरबीच नै टकराव आउँदोरहेछ। टक्कर पर्दोरहेछ। कहिलेकाहीँ स्थिति सम्हाल्नै नसक्नेगरी दोहोरो भिडन्तमै पुग्दोरहेछ। कहिले कुन रहर अघि लाग्दोरहेछ त कहिले कुन रहर। आपसमा ठेलमठेल गर्दै रहरहरु कुद्दारहेछन्। आएका भाँतीभाँतीका रहर सपना र रहरका चालढाल दॆखेर, कहिलेकाहीँ यसो कल्पेर आफै हलाक् पर्छु। सम्झन्छु -प्रावि स्कुले याममा सेतो टेरिकटमाथि रातो रिबनको धसा्र हालेको गेम कट्टु लाउन अचाक्ली रहर थियो। जुन बेला हाइस्कुलका तन्नेरी दाइ त्यस्तै गेम कट्टु लगाएर वीरेन्द्र रनिङ सिल्ड र स्कुलका वार्षिकोत्सवमा भलिबल खेल्थे। तीनवटा रातो धसा्र भएको सेतो टेरिकनको गेम कट्टु लगाएर आफू पनि खेल्न पाए संसारै जित्थेँहुँला जस्तो ल
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com