cancel
बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।सम्झनु केहि छैन नसम्झाउ भो साथी ।उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।पहिले नि भनेकै हुँ दुरी आफैं तोक,आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com