cancel
काठमाडौं, माघ २४ (नागरिक)- 'नेपाल पर्यटन वर्ष २०११'को अवसरमा नेपाल टुरिजम बोर्डले 'पर्यटन' बोलको गीत सार्वजनिक गरेको छ। नागरिक, उड्डयन तथा पर्यटनमन्त्री शरदसिंह भण्डारीद्वारा आइतबार विमोचित उक्त गीत दुर्गालाल श्रेष्ठले रचेका हुन्। न्ह्यू बज्रचार्यले कम्पोज गरेको गीतमा आनी छोइङ डोल्मा, भानुभक्त ढकाल, सन्तोष लामा र अन्जली राईले स्वर दिएका छन्। 'टुगेदर फर टुरिजम' भन्ने नारा लिएर आगामी फागुन १४ गते 'नेपाल पर्यटन वर्ष २०११' को औपचारिक शुभारम्म गरिने जानकारी कार्यक्रममा गराइयो। केही दिनमै म्युजिक भिडियोको निर्माण सम्पन्न हुने आयोजकले जनायो। मन्त्री भण्डारीले भने, 'गीतको शब्दले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्न सफल भएको छ। यसले सिंगो राष्ट्रलाई समेटेको छ। अझ भिडियोले गीतको भावलाई सही तरिकाले उतार्न सके राम्रो होला।'
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com