cancel
काठमाडौ, फाल्गुन २२ - मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा रिक्त हुन लागेको गभर्नर पदमा नियुक्तिको सिफारिस गर्न नेराबैंक ऐन २०५८ को प्रावधानअनुरूप हालसालै अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिले आवश्यक गृहकार्य गरी तीनजना उपयुक्त व्यक्तिहरूको चयन गरी सरकारलाई सिफारिस गर्ने र सोही नामावलीबाट एकजना व्यक्तिलाई सरकारले आगामी पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने प्रावधान छ । हुन त गभर्नरको सिफारिस एवम् नियुक्तिको विषयलाई एक हिसाबले अर्थमन्त्रीको समिति र नेपाल सरकारको एकलौटी अधिकारको विषयको रूपमा हेर्न सकिन्छ तर देशको आर्थिक एवम् मौदि्रक क्षेत्रलाई सक्षम र सबल नेतृत्व प्रदान गर्ने व्यक्ति कस्तो हुनुपर्छ भन्ने सार्वजनिक चासोको विषय हो । त्यो किन पनि भने, गभर्नर आगामी पाँच वर्षसम्म केन्द्रीय बैंकलाई हाँक्नुपर्ने र समसामयिक नीति एवम् कार्यक्रमको निर्धारण गरी कार्यान्वयन गर्न/गराउन सक्ने योग्य व्यक्ति हुनुपर्छ । &
Regisered users please login
New user registration is disabled temporarily.
Not yet registered? Start here.
We now require your email address to be associated with a facebook account. Please register with the email address that you have registered for facebook.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2009 NepalUpclose.com