cancel
सँधै जस्तै नभएरयौटा मान्छेआज साँझ स्वयंभूको उकालो चढेनउ तर्सिएको छअघिल्लो पटकजब भेट्न पुगेको थियो उशान्त, स्निग्ध र सुन्दरबुद्धका अर्धमुदित नयनहरुसाँझ पश्चिम क्षितिजमासूर्य विश्राम लिईरहँदादेखेथ्यो उसलेछट्पटी बुद्धको आँखामाधेरैपछि खुल्न लाग्दाप्रेममय मुस्कानबुद्धको बन्द ओठमाठुलो बेचैनी बिसाएथ्यो उसलेस्वयंभूनाथ डाँडामार फर्किएथ्योठुलो हौसला उठाएरस्वयंभूनाथ डाँडाबाटफेरि तर्सिएको त्यहि मान्छेआज साँझ स्वयंभूको उकालो चढेनबरु तर्सिएरै उ पस्योसहरको गञ्जागोलभित्रबर्बराउँदै -हेर सपनाहरु हेरफेरि बिग्रन थालेका छन् आजभोलीएकएकले देख्दैछन्फेरि पनि नाङ्गीएको सपनाहरेकले देख्दैछन्फेरि पनि लुटिएको सपनाप्रत्येकले देख्दैछन्फेरि पनि काटिएको सपनाफेरि पनि ढाँटिएको सपनार देख्दै जानेछन्च्यातिएको सपनाचिमोटिएको सपनाउखेलिएको सपनाबिथोलिएको सपनाबिग्रिन थालेपछि सपनाहरुदेखि नै रहनेछन्निचोरिएको सपनाचिथोरीएको सपनामिचिएको सपनाकिचिएको सपनाउ उफ्रिरहयोउ कराईरहयोभीडले एकतमासउसलाई हेरिरहयोसपनाहरुसँग आजित भीडलेभन्ठान्यो-आज सहरमा अर्को यौटा पागल देखियो ।
Regisered users please login
Not yet registered? Start here.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com