राजधानीको बबरमहलस्थित नेपाल आयल निगम कार्यालयअगाडि सोमबार दिउँसो बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ

राजधानीको बबरमहलस्थित नेपाल आयल निगम कार्यालयअगाडि सोमबार दिउँसो बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ

बबरमहल बम विस्फोटमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
Jul 14, 2012. काठमाडौं, असार ३०-बबरमलस्थित नेपाल आयल निगम अगाडि बम विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपाल तामाङ समाज, इजरायलले यहाँ पत्रकार सम्मेलन गरी मृतक कृष्णबहादुर तामाङकी श्रीमती गोमा तामाङ, वीरबहादुर तामाङकी श्रीमती सानुकान्छी तामाङ र मानबहादुर तामाङकी श्रीमती सानुकान्छी तामाङलाई जनही रु ३० हजार प्रदान गरेको हो। ... read full news >>
बबरमहल विष्फोटका मूख्य योजनाकार पक्राउ
Jun 27, 2012. १३ असार , विराटनगर । तीन जनाको ज्यान जाने गरी काठमाण्डौको बबरमहल बम विष्फोटका मूख्य योजनकार विश्वक्रान्ति भनिने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ गते बबरमहलको नेपाल आयल निगमको गेट... ... read full news >>
बबरमहल विस्फोट घटनाका योजनाकार पक्राउ
Jun 27, 2012. विराटनगर, असार १३ - तीन जनाको ज्यान जाने गरी काठमाडौंको बबरमहलस्थित आयाल निगम गेटमा गत फागुन १५ गते भएको बम बिस्फोट घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको चुङमाङ-१ का ४१ वर्षीय विश्वक्रान्ति उपनामका राजकुमार तामाङ छन् । विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयले बुधबार ... read full news >>
बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ
Jun 27, 2012. चार महिनाअघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यममार्फत् लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफ्तार गरेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ। क्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले पाँचथरको ल ... read full news >>
बबरमहल विस्फोटमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता प्रदान
Jun 08, 2012. काठमाडौँ, जेठ २६- काठमाडौँको बबरमहलमा बम विस्फोटमा परी मृत्यु भएका धादिङ जिल्लाका तीनजनाका परिवारलाई कुवेतमा कार्यरत तामाङ समुदायले आर्थिक सहायता प्रदान गरेको छ। ... read full news >>
बबरमहल बम विस्फोटका पीडितलाई आर्थिक सहयोग
May 16, 2012. काठमाडौँ, जेठ २ गते। सरकारले काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा परी ज्यान गुमाएका वीरबहादुर तामाङ, कृष्णबहादुर तामाङ र मानबहादुर तामाङका आश्रति परिवारलाई आर्थिक सहायताबापत प्रतिपरिवार आठ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। गत २०६८ फागुन ५ गत ... read full news >>
विस्फोटमा मारिएका तीन जनाको परिवारलाई साढे आठ लाख राहत
May 16, 2012. काठमाडौ, जेष्ठ ३ - सरकारले राजधानीको बबरमहलमा भएको बम विस्फोटमा परी मृत्यु भएका तीन जनाको पीडित परिवारलाई साढे आठ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गत फागुन १५ मा बम विस्फोटमा परी मृत्यु भएका वीरबहादुर तामाङ, कृष्णबहादुर तामाङ र मानबहादुर तामाङको आश्रति परिवारलाई ... read full news >>
बबरमहल विस्फोटमा मारिनेको काजकिरिया अझै सकिएको छैन
Apr 19, 2012. करिब दुई महिनाअघि राजधानीको बबरमहल बम विस्फोटमा ज्यान गुमाएका मानबहादुर तामाङको काजकिरिया अझै सकिएको छैन। धादिङ बैरेनीबाट तीन घन्टा पैदल यात्रामा पुगिने कार्कीडाँडास्थित घरमा उनका जेठा छोरा मिलन दुई भाइसँग सेतो लुगा लगाएर बसिरहेका छन्। ज्यामी काम गर्ने यी दाजुभाइ तामाङ परम्पराअनुसार काजकिरिया गर्न धेरै खर्च लाग्ने हुँदा पैसा नभएर अड्केको बताउँछन्। ... read full news >>
बबरमहल विस्फोटमा पत्रकारको हात !!!
Mar 20, 2012. तीन जनाको ज्यान लिने गरी तिन साताअघि राजधानीको बबरमहलमा भएको बम बिस्फोटमा पत्रकारले समेत सहयोग गरेको रहस्य खुलेको छ । बम विस्फोटमा पत्रकारको समेत हात रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको भएपनि संचारक्षेत्रबाट विरोध हुने सम्भावनाका कारण ती पत्रकारलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ । प्रहरी श्रोतका अनुसार बबरमहल बम विस्फोटका नाइके देवराज लामा विश् ... read full news >>
विष्फोटमा मारिएकाहरुको आफन्तद्वारा राजमार्ग अवरुद्ध
Mar 15, 2012. बबरमहल बम विष्फोटमा मारिएका परिवारको आफन्तजनले राहतको माग गर्दै धादिङको बैरेनीमा बिहीबार बिहान एक घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदै काठमाडौंबाट बाहिरिने र भित्रिने ठूलो संख्यामा सवारी साधनहरु धादिङमा रोकिएको थियो । विहान ८ देखि दुई घण्टाका लागि राजमार्ग अवरुद्ध गर्ने भनिएपनि यात्रुहरुको आग्रहमा बन्द छोट्याइएको थियो । ... read full news >>
मोर्चाको धम्कीले एनसेलको टावर बन्द
Mar 11, 2012. रसुवा, फाल्गुन २८ - जातीय मुक्ति मोर्चाको धम्कीका कारण जिल्लाको उत्तरी भेगमा स्थापित एनसेलको रिपिटर टावर बन्द भएको छ । जातीय मुक्ति मोर्चाले काठमाडौंको एनसेलको केन्द्रीय कार्यालयमा एसएमएसबाट जिल्लाको गोल्जुङ ७ स्थित बाहुनडाँडामा रहेको टावर ध्वस्त बनाइदिने धम्की दिएपछि टावर बन्द गरिएको हो । सात ... read full news >>
कसरी भयो बबरमहलमा विस्फोट ?
Mar 05, 2012. काठमाडौ, फाल्गुन २२ - प्रहरीका अनुसार यो समूहले विस्फोट गराउनु केही साताअघि कपनमा बसेर काठमाडौंका विभिन्न स्थानमा विस्फोटका योजना बनाएको थियो । मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम, सुरेश र सागर लामाले योजना बनाएका थिए । राजधानी भित्र र बाहिर गरी झन्डै ५० भन्दा बढी स्थानमा विस्फोट गराएको समू ... read full news >>
यि पो रहेछन् ‘आतंककारी ‘
Mar 05, 2012. बबरमहल विस्फोटको छैठौं दिन प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटानमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ। जातिय मुक्तिको नारा दिँदै हिडेकाहरुको आपराधिक सोचले अनाहकमा तीन जना सर्वसाधारणको ज्यान गएको थियो। आखिर कसरी बनेको थियो त्यो त्यो योजना। प्रहरीले आइतवार सार्वजनिक गरेको प्रतिवेदन : ... read full news >>
आखिर फन्दामा परे, यसरी पड्काएका रहेछन् तीन निर्दोषको ज्यान जाने गरी बम
Mar 05, 2012. अन्ततः एक हप्ता मै प्रहरीले काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी बम पड्काउनेहरु को रहेछन् पत्ता लगाई त्यसमा संलग्न ६ जनालाई गिरफ्तारसमेत गरेको दावी गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले ६ जनालाई सार्वजनिक पनि गर्‍यो। बम पड्काउने पापीहरु यी रहेछन्- ... read full news >>
यसरी पड्काइएको थियो बबरमहलमा बम, छ जना पक्राउ
Mar 04, 2012. गत सोमबार ३ जनाको ज्यान जानेगरी बबरमहलमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा घटनाको छानबिन गर्न गठित समितिले आज पत्रकार सम्मेलन गर्दै संलग्नहरुको नाम सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा ... read full news >>
बम राख्ने र मुख्य सहयोगी महिलासहित छजना पक्राउ
Mar 04, 2012. -बबरमहल विस्फोटकी 'मुख्य सहयोगी' एक महिलासहित छजनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरुको भनाइअनुसार घटनामा सेना र माओवादीका भगौडाको संलग्नता रहेको खुलेको छ। सोमबार सिंहदरबारनजिकै बबरमहलमा भएको शक्तिशाली विस्फोटमा तीन सर्वसाधारणले ज्यान गुमाएका थिए भने अन्य छजना घाइते भएका थिए। विस्फोटबारे अनुसन्धान गर्न गठित विशेष अनुसन ... read full news >>
एक्लै बैरेनी फर्कंदै छु
Mar 02, 2012. बिनाब्याज पैसा पाइने धितो जमानीको काम मैले पाँच महिनाअघि आफ्नै जग्गा अदालतमा धितो राखेर सुरु गरेको थिएँ। यो थाहा पाएपछि चिनजानका गाउँलेले पनि जग्गा राखेर पैसा निकालिदिन आग्रह गर्न थाले। मेरो घर बैरेनी-३ हो। लालबहादुर र कृष्णबहादुर (जो बबरमहल बमकाण्डमा मारिए) एकै गाविस, वडा नम्बर १ का। ६ महिनाअघि मात्र उनीहरूसँग मेरो चिनजान भएको हो। घरायसी काममा उनी ... read full news >>
मोर्चाका अनेक 'इन्चार्ज'
Mar 01, 2012. सुरेन्द्र पौडेल, काठमाडौं, फागुन १८ -राजधानीको बबरमहलमा सोमबार भएको विस्फोटलगत्तै संयुक्त जातीय मुक्तिमोर्चा नेपालको अध्यक्ष दाबी गर्ने 'विश्वक्रान्ति' (देवराज लामा) ले जिम्मेवारी लिए। आफूलाई मोर्चाकै महासचिव बताउने 'मुक्तिदाता'ले भने संगठनको हात नरहेको दाबी गर्दै विज्ञप्ति जारी गरे। ... read full news >>
बम पड्काउँदै २० हजारमा छुट्दै
Mar 01, 2012. गाविस कार्यालयमा शृंखलाबद्ध बम विस्फोट गराएको कसुर प्रमाणित हुँदा समेत देवराज लामा (विश्वक्रान्ति) लाई जिल्ला प्रशासन कार्यालय धादिङका सिडिओ नारायणप्रसाद आचार्यले २० हजार रुपैयाँ जरिवाना तिराएर छाडे। २०६८ असारमा लामामाथि धादिङका चार ठाउँमा विस्फोटक पदार्थ राखेको र दुई ठाउँमा बम पड्काएको अभियोग थियो। त्यसमध्ये तीन अभियोग प्रमाणित भएका थिए। गाविस ... read full news >>
'मुख्य योजनाकार लामा नै'
Feb 29, 2012. काठमाडौ, फाल्गुन १७ - प्रहरीले घटनाका मुख्य योजनाकार देवराज लामा 'विश्वक्रान्ति' नै भएको बताएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नो वेबसाइटमा लामाको फोटो राखेर घटनाका योजनाकार उनी नै रहेको बताएको हो । 'तथाकथित संयुक्त जातीय मुक्ति मोर्चा नेपालका नामबाट विस्फोट गराउने देवराज लामा नै भएक ... read full news >>
बिस्फोट लामाकै योजनामा
Feb 29, 2012. केपी ढुंगाना, काठमाडौं, फागुन १७ - राजधानीको बबरमहलमा सोमबार भएको बम विस्फोट 'विश्वक्रान्ति' भनिने देवराज लामाकै योजनामा भएको निष्कर्ष प्रहरीले निकालेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार दिनभरको अनुसन्धानका आधारमा लामाकै योजनामा विस्फोट भएको निष्कर्ष निकालेको हो। विस्फोटमा धादिङ बैरेनीका मानबहादुर तामाङ, त्यहींका कृष्णबहादुर तामाङ र बाराका ... read full news >>
बाटो हेर्दाहेर्दै मृत्युको खबर
Feb 29, 2012. सोमबार बम विस्फोट हुँदा बारा रतनपुरकी कान्छीमाया तामाङ काठमाडौं गएका लोग्ने र ससुराको बाटो हेरिरहेकी थिइन्। उनीहरू त पुगेनन्, खबर पुग्यो- 'बम पड्किएर ससुरा बित्नुभयो, लोग्ने सिकिस्त छन्। तुरुन्तै आइहाल्नू।' आयल निगम अगाडि भएको बम विस्फोटमा घटनास्थलमै मारिएका तीनमध्ये एक कान्छीमायाकै ससुरा हुन्, वीरबहादुर। ... read full news >>
को थिए विस्फोटमा मारिने ?
Feb 29, 2012. काठमाडौ, फाल्गुन १७ - नेपाल आयल निगमको कार्यालयअगाडि सोमबार बम विस्फोटमा परी मृत्यु हुनेहरू जग्गा धितो राख्न धादिङ र बाराबाट काठमाडौं आएका सर्वसाधारण भएको देखिएको छ । न्यून आर्थिक स्थितिका उनीहरू धादिङ बैरेनीका एक दलालमार्फत आफ्नो जग्गा अदालतमा धरौटीमा राख्न आएको प्रहरीको प्रारम्भिक अनुसान्ध ... read full news >>
'कसैले लगिदिए आज अन्तर्वार्ता दिन पाउँथें'
Feb 29, 2012. म आयल निगमको धनगढी डिपोको अस्थायी कर्मचारी हुँ । आयल निगममा स्थायीको परीक्षा चलिरहेछ । त्यसैका लागि काठमाडौं आएको थिएँ । लिखित परीक्षा र अन्तरवार्ता हुँदै थियो । अन्तरवार्ताको मिति बुझ्न सोमबार गएको थिएँ । कार्यालयभित्र जानकारी लिएर गेट बाहिर आइपुग्दा अचानक ठूलो आवाज आयो । म भुइँमा लडे । छेवैमा धुवाँ उडिरहेको देखें । सबै मान्छे र मोटरसाइकल भाग्न ... read full news >>
विस्फोटनकारी नउम्कियून्
Feb 29, 2012. सोमबार भएको बमविस्फोटनको घटनाले काठमाडौँ उपत्यकावासीको मुटु हल्लाइदिएको छ। मुलुककै प्रशासनिक केन्द्र नजिकै बबरमहलमा दिउँसो भएको बमविष्फोटनले तीन जनाको ज्यान लिएको छ भने सात जना घाइते भएका छन्। ध्वंसात्मक क्रियाकलापको सिकार भई ज्यान गुमाउन पुगेका नागरिकको परिवारलाई अपूरणीय क्षति पुगेको छ र घाइते हुनेको व्यथा पनि कम छैन। राजधानीको मुटुमा रहेको र सर्व ... read full news >>
यही रहेछ हिजो बम पड्काउने पापी
Feb 29, 2012. काठमाडौँको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय बाहिर शक्तिशाली बम पड्काएर तीन जनाको ज्यान लिने पापीको फोटो प्रहरीले आज सार्वजनिक गरेको छ। यिनी हुन् देवराज लामा। भर्खर ३५ वर्षका रहेछन्। आफूलाई विश्वक्रान्ति भन्दै चिनाउने रहेछन्। ५ फिट ३ इञ्च उचाइ भएका लामाको घर धनकुटा नगरपालिका वडा नं.१, हिले बजारमा हो। हिजो बम पड्काएको केही घण्टापछि मिडियाह ... read full news >>
विष्फोट शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र-एमाओवादी
Feb 29, 2012. काठमाडौँ, फागुन १६- एकीकृत नेकपा (माओवादी)ले यही फागुन १५ गते राजधानीको बबरमहलस्थित जिल्ला अदालत र आयल निगमको प्रधान कार्यालय अगाडि गराइएको बम विस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता दिनानाथ शर्माले आज जारी गरेको विज्ञप्तिमा सर्वसाधारणमाथि लक्षित यस्ता आपराधिक एवम् आतङ्ककारी क्रियाकलापको हाम्रो पार्टी घोर निन्दा ए ... read full news >>
बबरमहलमा शक्तिशाली बम विस्फोट, तीनको मृत्यु, सात घाइते
Feb 29, 2012. काठमाडौँ, फागुन १५ गते। राज्यको प्रमुख प्रशासनिक केन्द्र तथा सुरक्षाका हिसाबले अत्यन्त संवेदनशील क्षेत्र सिंहदरबार नजिक सोमबार शक्तिशाली टाइम बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। दिउँसो १ः११ बजे नेपाल आयल निगम केन्द्रीय कार्यालयको प्रवेशद्वारमा भएको सो विस्फोटमा सातजना घाइते भएका छन्। मृतक दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएक ... read full news >>
ससुरा बिते, श्रीमान बेहोस
Feb 29, 2012. काठमाडौ, फाल्गुन १७ - बम विस्फोटमा परेर ससुरा वीरबहादुर तामाङको मृत्यु र श्रीमान सोमबहादुर घाइते भएको खबर पाएपछि मंगलबार बिहान ७ बजे कान्छी माया तामाङ अलमलमा परिन् । कसलाई भन्ने ? के गर्ने ? काठमाडौं कसरी जाने सोच्नै सकिनन् । 'छिमेकीले आएर यस्तो खबर सुनायो, के गर्ने सोच्नै सकिनँ,' उनले भनिन् ... read full news >>
पतिको मृत्युपछि गोमा अर्ध बेहोस
Feb 28, 2012. धादिङ, फाल्गुन १६ - श्रीमान् कृष्णबहादुर तामाङ मरे भनेर छिमेकीहरूले गोमालाई भनिरहँदा सुरुमा गोमाले विश्वास गर्नै सकिनन् । कमाई गर्न भनेर घरबाट काठमाडौं गएका श्रीमान एकाएक मरे भन्ने सुन्दा उनीलाई पत्यारै लागेन । त्यसमाथि बम विस्फोटमा घाइते भएर उपचार गराइरेको भन्ने सुनेकी गोमाले श्रीमानलाई ठिक ह ... read full news >>
बिस्फोटको चौतर्फी भर्त्सना
Feb 28, 2012. दोषीलाई कारबाहीको माग-काठमाडौं, फागुन १६ (नागरिक)- ३ जनाको ज्यान गरी सोमबार गराइएको बम बिष्फोट घटनाको चौतर्फी भर्त्सना भएको छ। एनेकपा माओवादी, नेपाली कङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले घटनाको घोर निन्दा, भर्त्सना गरेका छन्। ... read full news >>
लाज नभएको ग्रिहमन्त्री, बेकामको सुरक्षा संयन्त्र
Feb 28, 2012. बबरमहल जस्तो ब्यस्त ठाउँ । पिठ्युँमै छ सिंहदरबार । देशको मुख्य प्रशासनिक केन्द्र । छेउमै प्रहरी कार्यालय छ । बाटैमा प्रहरीहरु उभिएका हुन्छन् । आयल निगमकै गेटमा दिउँसै सयौं मान्छे हिँड्दा हिँड्दै बम बिस्फोट गराएर आनन्दले बाटो लागे अपराधीहरु । धादिङका दुई निमुखा लगायत अर्कि महिलाको ज्यान लिए अपराधीले । यस्तो ब्यस्त ठाउँमा कसरि बम हान्न [...] ... read full news >>
सिंहदरबार नजिकै पड्किएको शक्तिशाली बम
Feb 28, 2012. प्रशासनिक केन्द्र सिंहदरबारको करिब ३० मिटर दुरीमा सोमबार दिउँसो शक्तिशाली बम विस्फोट हुँदा तीनजनाको ज्यान गएको छ। बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र आयल निगमको प्रधान कार्यालय अगाडि राखिएको बम पड्कदा घटनास्थलमै २ जना र उपचार क्रममा एकजनाको मृत्यु भएको हो। घाइते ६ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। जिल्ला अदालत काठमाडौं र सडक विभागको बीचमा पर्ने ... read full news >>
'मेरो छोरालाई के भो?'
Feb 28, 2012. ६५ वर्षे लालबहादुर तामाङ ऐया ऐया भन्दै जेठा छोरा कृष्णबहादुरलाई खोज्दै थिए। सोमबार दिउँसो बबरमहल बम विस्फोटमा उनले छोराको जस्तै लुगा लगाएको मान्छे भुइँमा ढलेको देखेका थिए। शरीरबाट रगत बगिरहेको र खुट्टा लगलग काँपेकाले उनले नजिक गएर हेर्न सकेनन्। छिनमै भुलेझैँ गरेर बोल्ने र छिनमै आत्तिने उनी वीर अस्पतालको शैयामा स्वास्थ्यकर्मीसँग सोध्दै थिए, 'मेरो ... read full news >>
राजधानीमा विस्फोट ३ को मृत्यु, ७ घाइते
Feb 28, 2012. काठमाडौ, फाल्गुन १६ - राजधानीको बबरमहलस्थित नेपाल आयल निगम कार्यालयअगाडि सोमबार दिउँसो बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । दिउँसो १ बजेर १३ मिनेटमा भएको विस्फोटमा परी दुई जनाको घटनास्थलमै र एकको वीर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । मृत्यु भएकामा धादिङ बैरेनीका कृष्णबहादुर ता ... read full news >>
बम विस्फोटपछिका दर्ुइ घन्टा
Feb 28, 2012. मुलुकको प्रमुख प्रशासनिक केन्द्र राजधानीको सिंहदरबार क्षेत्र सोमबार दिनभर आतंकित बन्यो । दिउँसो १ बजेर ५ मिनेट जाँदा सिंहदरबार दक्षिण गेटबाट सय मिटर मात्र टाढा रहेको नेपाल आयल निगमको मूल गेटमा जब एउटा शक्तिशाली बम विस्फोट भयो तब निमेषभरमै सयौंको भागदौड र चित्कार फैलियो । यस्तो भागदौड र आतंक दिउँसो ४ बजेसम्म मच्चिएको थियो । घटनास्थल पुगेका उपप् ... read full news >>
भाग्यले बाँचे मानबहादुर कुँवर, विस्फोटका घाइते
Feb 28, 2012. मेरो घर अछामको मस्टमाण्डप गाविसको खालसैन हो । म विभिन्न टेलिचलचित्रमा अभिनय गर्दै आएको छु । भतिजा भीमबहादुर कुँवरले आयल निगममा दरखास्त दिएकाले त्यसबारे जानकारी लिन हामी आयल निगम गएका थियौं । हामी आयल निगममा पुगेको केही समय मात्र भएको थियो, एक्कासि ठूलो आवाजमा बम विस्फोट भयो । हामी दुवै जना घाइते भयौं । विस्फोटबाट म सामान्य घाइते भएँ । सँगै रहेक ... read full news >>
सिंहदरबार आडैमा शक्तिशाली विस्फोट तीनको मृत्यु, सात घाइते
Feb 28, 2012. मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको आडैमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा शक्तिशाली विस्फोट भएको छ । सोमबार अपराह्न निगमको मूल गेटमा भएको शक्तिशाली टाइम बम विस्फोटमा परी ३ र्सवसाधारणको ज्यान गएको छ । अपराह्न १ बजेर ११ मिनेट जाँदा विस्फोट गराइएको थियो । विस्फोटमा परी दर्ुइजनाको घटनास्थलमै र अन्य एकको उपचारका क्रममा वीर अस्पत ... read full news >>
थुक्क मूर्खहरु, यी सोझासाझा मान्छे मारेर के पायौ?
Feb 28, 2012. घटनास्थल। फोटो साभारः एपी राजधानी काठमाडौँमा आज फेरि ठूलो बम विस्फोट भयो। काठमाडौँमा अहिलेसम्म गराइएका ठूला विस्फोटहरुमध्येको एक हो आजको विस्फोट। यसअघि त्रिपुरेश्वर, बालाजु र सुन्धाराबाट झन्डै एकै समयमा गराइएका विस्फोटहरु र ललितपुरको चर्चमा विस्फोट गराउँदा पनि तीन जनाको ज्यान गएको थियो। यस पटक सिंहदरबार नजिकैको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार् ... read full news >>
प्रत्यक्षदर्शी भन्छन्,'धन्न मलाई केही भएन'
Feb 28, 2012. काठमाडौ, फाल्गुन १६ - उनी एक सुरले हिँडिरहेका थिए । सिंहदरबार जानु थियो । आयल निगम अघिल्तिर पुगेपछि विश्वनाथ यादवको हंसले ठाउँ छाड्यो । 'कानै फुट्ने गरी ड्वाङ्ग आवाज आयो,' रौतहटका यी ४० वर्षे किसान थरथरी काँप्दै आफूले देखेको विष्फोटको दृश्य सोमबार कान्तिपुरका सामु शब्दमा उतारीरहेका थिए,'कोही ... read full news >>
के विगारेका थिए यी नागरिकले?
Feb 28, 2012. मान्छेको मन कतिसम्म क्रुर हुन्छ है। कसैसँग रिसइवी पनि हुनुपर्दैन। चर्चामा आउन जो कसैको पनि ज्यान लिन तयार हुन्छ यस्ता अपराधी। यस्तै अपराधीको सिकार भए तीन जना निर्दोश नागरिक। उनीहरुले जीवनका कहिल्यै त्यो आतंककारीको केही विगारेका थिएनन्। तर, उसको सन्कीपनको सिकार भए ३४ वर्षीय कृष्णबहादुर तामाङ, ६५ वर्षका एक वृद्ध अनी ७० वर्षीय मानबहादुर तामाङ। अनाहकम ... read full news >>
विष्‍फोटनमा मृत्यु हुने दुई जनाको सनाखत
Feb 27, 2012. काठमाडौ, फाल्गुन १५ - राजधानीको बबरमहलस्थित आयल निगमको मूलढोकामा सोमबार दिउँसो विष्फोटन हुँदा मृत्यु हुने दुई जनाको नाम ठेगाना खुलेको छ । प्रहरीका अनुसार अझैपनि एक जनाको खनाखत हुन सकेको छैन । प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ बर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिंङ बैरे ... read full news >>
राजधानीमै बम पड्क्यो !
Feb 27, 2012. आज दिउँसो काठमाण्डौको बबरमलस्थित आयल निगम कार्यालय परिसरमा बम पड्किएको छ । दुईजनाको घटनास्थलमा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु । एकजनाको सनाखत । धादिङका कृष्णबहादुर तामाङको मात्र सनाखत भएको छ । बिस्फोटको जिम्मा संयुक्त जातीय मोर्चाले लियो । ... read full news >>
विस्फोट गराउने मोर्चा भूमिगत संगठन
Feb 27, 2012. नेपाल आयल निगम गेट अगाडि विस्फोट गराइ निहत्था जनता हत्याको जिम्मेवारी लिने संयुक्त जातीय मुक्ति मोर्चा एक भूमिगत संगठन हो। जातीय आधारमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै मोर्चाले हिंसात्मक आन्दोलन गर्दै आएको छ। मोर्चाका प्रवक्ता देवराज लामा उर्फ विश्वक्रान्तिको नाम प्रचारमा छ। राप्रपा नेपालको केन्द्रीय कार्यालयमा बम राखेको अभियोगमा पक्राउ परेका उ ... read full news >>
यसरी भयो विस्फोट
Feb 27, 2012. करिब सवा एक बजे भएको विस्फोटको ठूलो आवाज सिंहदरबारसम्म सुनिएको थियो। विस्फोटको आधा घण्टापछि काठमाडौं एसपी राजेन्द्र श्रेष्ठ घटनास्थल पुगेका थिए। उनी त्यहाँ पुग्दा एउटा महिला र एउटा पुरुष जस्तो देखिने दुई शव अलपत्र थिए। मान्छेको बबरमहल-सिंहदरबार आउने बाटोमा ओहोर-दोहोर चलिरहेको थियो। विस्फोटका कारण पार्किङ गरिएका केही मोटरसाइकलमा क्षति पुगेको छ। विस ... read full news >>
काठमाडौँमा बम पड्क्यो, तीन जनाको मृत्यु
Feb 27, 2012. बबरमहलस्थित आयल निगम अगाडि बम बिस्फोट ३ जनाको मृत्यु। धादिङका कृष्णबहादुर तामाङको सनाखत। संयुक्त जातीय मोर्चाले फोन गरी जिम्मा लिएको मिडिया भन्दैछ। प्रहरीले दिएको जानकारी यस्तो छ- नेपाल आयल निगम केन्द्रीय कार्यालय बबरमहलको गेट अगाडि आज १३:१३ बजे भएको बम बिष्फोटनमा २ जना पुरुषको घटनास्थलमै र १ जना पुरुषको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। ... read full news >>
आयल निगम अगाडि बम विस्फोट, तीनको मृत्यु
Feb 27, 2012. बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। एकको वीर अस्पतालमा पुग्नासाथ मृत्यु भएको हो। घटनास्थलमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार घाइतेहरुलाई प्रहरीले उद्दार गरी अस्पताल लगेको छ। नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार विस्फोटमा घाइते भएका ५ जनालाई वीर अस्पताल भर्ना गरिएको छ। घटनास्थललाई प्र ... read full news >>
RECENTLY POPULAR NEWS
परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…
काठमाडौंमा सडकमै खोलो बग्नेगरी भिषण वर्षा (भिडियोसहित)
‘अवैध यौनसम्बन्ध खुल्ने डर’ले महिलाको हत्या
छोरी अन्माउन हेलिकप्टर चार्टर
केहीबेर चरम पीडा, अनि उत्पात खुसी
IN THE NEWS
गोविन्द मैनाली जेलमुक्त,निर्दोष साबित,जापान सरकारले माफी माग्यो 1 new
फास्ट ट्रयाक निर्माण कार्य 1 new
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ
हनुमानढोकामा खारखाजनाको बक्स
जन्मकैदको सजाय पाएका सभासद्लाई आममाफीको निर्णय
SPACE FOR AD
CODE:1001
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004